१२ कार्तिक,

बाँके । धारा सातौं नेपालगन्ज म्याराथनमा महानायक राजेश हमाल दौडिने भएका छन् । म्याराथन नेपालगञ्जमा मंसिर ४ गते सातौं संस्करण हुँदैछ ।

आयोजक क्रियटिभ ह्याण्डसका अध्यक्ष टीएस ठकुरीले अतिथिको रुपमा उपस्थित हुने महानायक हमाल पनि दौडमा सहभागी हुने जानकारी दिए । अध्यक्ष ठकुरीले नेपालका सबै प्रमुख धावक र विदेशी धावकको समेत सहभागिता हुने नेपालगञ्ज म्याराथनमा महानायक हमालको उपस्थितिले अझ हौसला थपिएको बताए ।

पहिला भन्दा यसपटक नेपालगन्ज म्याराथनमा दश वटा इभेन्ट रहेका छन् । फूल म्याराथन, हाफ म्याराथन, १० किलोमिटर मेन्स ओपन, ५ किलोमिटर ओमेन ओपेन्स, ५ किलोमिटर स्कूल बोय, ३ किलोमिटर स्कूल गल्र्स, किड्स रन (८ देखि १२ वर्ष), २ किलोमिटर कर्पोरेट, वाकाथन र ह्वीलचियर प्रतियोगिता रहेका छन् ।

देशी, विदेशी धावकसँगै जिल्लाका गन्यमान्य लेडिज,जेन्स,बृद्ध बालक सबै दौडमा सहभागी हुने गरी यसपटक ७ हजार जनालाई सहभागि गराउने तयारी रहेको बताए ।
अध्यक्ष ठकुरीका अनुसार, नेपालगन्ज म्याराथनलाई भब्य र सब्य बनाउन धारा तेल, आशिर्वाद पेन्टस्, शिखर प्लाई, राष्ट्रिय बाणिज्य बैंक, फोन पे प्रत्यक्ष जोडिएका छन् । नेपालगन्ज म्याराथनलाई व्यवस्थित गर्न वेभसाइट लन्च भइसकेको छ । जहाँसुकैका खेलाडीले म्याराथनमा भाग लिनका लागि आफ्नो नाम लेखाउन सक्छन् । देशका सात वटै प्रदेशका खेलाडीलाई सहभागी गराउने तयारी भइरहेको छ । म्याराथनमा वर्षेनी नयाँ–नयाँ प्रविधि जोड्ने र सहभागिता बढाउने अभियान जारी रहेको छ ।

नेपालगन्जको वीपीचोकबाट शुरु भएर कोहलपुरको कौशिलानगर पुगेर पुनः वीपीचोकसम्म आइपुग्नेलाई सातौं नेपालगंज म्याराथन विजय घोषित गरिनेछ । यसरी म्याराथनले देश विदेशमा नेपालगञ्ज शहरको पहिचान बढाएको ठकुरीको भनाई छ । सामाजिक एकताको प्रतीक खेलकुद विधामार्फत शहरको चिनारी कायमै राख्न सात बर्ष अघि नेपालगञ्ज म्याराथनले यात्रा प्रारम्भ गरेको थियो ।

नेपालगञ्ज म्याराथन गत संस्करण टोकियो ओलम्पिकको छनौट प्रतियोगिता बनेको थियो । यो संस्करणका विजेता गोपीचन्द्र पार्कीले प्राविधिक कारणले टोकियो जान नपाएपनि बर्लिन म्याराथनमा सहभागिता जनाएर फर्किएका छन् । यसबाट पनि नेपालगन्ज म्याराथन स्थापित र चर्चित म्याराथन रहेको पुष्टि गरेको छ । अध्यक्ष ठकुरीले समयमै आफ्नो नाम रजिष्टर गरेर यो महाउत्सवमा सहभागी हुन सबैलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित ख