१२ कार्तिक,

प्राबिधिक समस्याको कारणले बन्द भएको सवारी चालक लाइसेन्सकोे आवेदन आज शुक्रबार फेरि खुलेको छ ।

हिजो एकैदिन ८–१० लाख जनाले एकैचोटी फारम भर्न खोज्दा सिस्टम बिग्रिँदा फारम भर्न रोकिएको थियो । समस्या समाधान भएकाले आजदेखि फेरि फारम भर्न सकिने यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले जानकारी दिए।

कोरोना संक्रमणको जोखिमका कारण गत बैशाख १६ गतेदेखि बन्द भएको आवेदन फारम सोमवारदेखि खुलेको हो । हिजोसम्म एक लाख भन्दा धेरैले फारम भरिसकेको उनले जानकारी दिए।

यस पटक फारम भरेकाले आगामी पुस माघ महिनातिर सवारी साधनको ट्रायल दिन पाउने गरी तयारी गरिएको उनको भनाइ छ । यसअघि नै ट्रायल पास गरेका पाँच लाख भन्दा धेरैको लाइसेन्स आगामी मंसिरभित्र बाँड्ने गरी विभागले काम गरिरहेको पनि महानिर्देशक घिमिरेले जानकारी दिए।

 

प्रतिक्रिया

सम्बन्धित ख