
११ कार्तिक,
बर्दिया । भारतबाट अवैधरुपमा ल्याएको कुखुराको चल्ला सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
गुलरिया नगरपालिका वडा नं. ८ स्थित भारतबाट अवैधरुपमा साईकलमा लोड गरी ल्याईरहेको अन्दाजी मुल्य रू. ६३,०००÷– बराबरका ४२० ओटा कुखुराका चल्लाहरु सहित ३ जना भारतिय र १ जना नेपाली नागरिकलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ गरी थप आबश्यक कारवाहीको लागि पशु क्वारेन्टिन कार्यालय गुलरिया बर्दियामा पठाईएको प्रहरीले जानकारी गराएको छ ।





