
११ कार्तिक,
बैतडी । महाकाली नदीमा डुङ्गा दुर्घटना हुँदा एकको मृत्यु भएको छ । भने शिवनाथ गाउँपालिका वडा नं.१ को ८ वर्षीय सन्दीप साउद बेपत्ता बेपत्ता रहेका छन् ।
मृत्यु हुनेमा शिवनाथ गाउँपालिका वडा नं.१ की १३ वर्षीया मीना साउदको मृत्यु भएको प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिनुभयो ।
प्रहरी निरीक्षक खड्का अनुसार, महाकाली नदीस्थित शिवनाथ गाउँपािलका वडा नं.१ खाँडघाटमा बुधबार साँझ १० जना सवार डुङ्गा दुर्घटनामा परेको हो । उक्त डुङ्गामा सवार ८ जना सकुशल रहेका छन । दुर्घटनाको कारण खुल्न सकेको छैन ।
बेपत्ता रहेका सन्दीप साउदको खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।





