
१० कार्तिक,
सल्यान । सल्यानबाट नेपालगंज आउँदैगरेको जिप दुर्घटना हुदा १२ जना घाइते भएका छन । घाइते मध्य ३ जनाको अवस्था गम्भिर रहेको छ ।
दुर्घटनामा परि गम्भिर घाइतेहुनेहरु, कुमाख गाउँपालिका वडा नं.२ का ३६ वर्षीय बुद्धि थापा, २९ वर्षीया दुर्गा खत्री, ३२ वर्षीया लोकमाया पुन गम्भीर रहेका छन । उनीहरुलाई थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ । बाँकी अन्य घाइतेहरुको सल्लीबजारमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले जानकारी दिए ।
कुमाख गाउँपालिका वडा नं.२ धावनखोला स्थित सल्यानको मर्मपरिकाँडाबाट नेपालगञ्ज आउँदै गरेको भे १ ज ९३० न जिप बुधबार विहान दुर्घटना भएको सूचना अधिकारी पौडेलले जनाएका छन ।
जिप सडकबाट झन्डै ६० मिटर तल खसेको र दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।





