
९ कार्तिक,
बाँके । कोहलपुरको पिपिरीबाट ३ लाख ५० हजार सहित ६ जना जुवाडेलाई कोहलपुर इलाका प्रहरी कार्यालयले पक्राउ गरेको छ ।
प्रहरी निरिक्षक कमल बिष्टको नेतृत्वमा खटिएको प्रहरी टोलीले गएराती कोहलपुर नगरपालिका वडा नं.८ पिपिरीबाट जुवा खेलीरहेको अवस्थामा रंगेहात रु ३४९७०५।– रुपैयासहित ६ जनालाई पक्राउ गरेको हो ।
पक्राउ परेकाहरु माथि थप अनुसन्धन भइरहेको प्रहरी निरिक्षक बिष्टले जानकारी दिए ।





