२३ बैशाख,

बाँके । कोहलपुर नगरपालिकाले स्थापना दिवसको अवसरमा स्थानीय बिदा दिने निर्णय गरेको छ। नगर कार्यपालिकाको मिति २०८३/०१/०८ गते बसेको बैठकले बैशाख २५ गतेका दिन आकस्मिक तथा अत्यावश्यकीय सेवा बाहेक सबै कार्यालयमा बिदा दिने निर्णय गरेको हो।

नगरपालिकाले जारी गरेको सूचनाअनुसार सो दिन नगर कार्यपालिकाको कार्यालय, मातहतका वडा कार्यालय, शिक्षण संस्था तथा अन्य सार्वजनिक निकायहरू बन्द रहनेछन्।

यद्यपि, सार्वजनिक बिदा भए पनि नगरपालिकाले आफ्ना सबै शिक्षक, कर्मचारी तथा पदाधिकारीलाई स्थापना दिवस कार्यक्रममा अनिवार्य सहभागी हुन अनुरोध गरेको छ। कार्यक्रम कोहलपुर पिपल चौतारामा बिहान ६:३० बजे आयोजना हुने जनाइएको छ, जहाँ सहभागीहरूलाई सरकारी वा औपचारिक पोशाकमा व्यानरसहित उपस्थित हुन भनिएको छ।

प्रतिक्रिया

सम्बन्धित ख