२३ बैशाख,

बर्दिया | बर्दिया प्रहरीले विभिन्न मुद्दामा फरार रहेका दुई जना प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार अदालतबाट सजाय तोकिएपछि फरार रहेका उनीहरूलाई लुकिछिपी बसेको अवस्थामा नियन्त्रणमा लिइएको हो।

इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरी टोलीले बालयौन दुर्व्यवहार मुद्दामा दोषी ठहर भएका ५२ वर्षीय ढाकाराम त्रिपाठीलाई पक्राउ गरेको हो। उनलाई बर्दिया जिल्ला अदालतले २०८१ पुस १६ गतेको फैसलाबाट ३ महिना कैद, ५ हजार रुपैयाँ जरिवाना, ५० हजार रुपैयाँ क्षतिपूर्ति र २०० रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्ने सजाय सुनाएको थियो। त्रिपाठी बढैयाताल गाउँपालिका–६, रानिपुरस्थित आफ्नै घरमा लुकीछिपी बसेको अवस्थामा फेला परेका थिए।

यसैगरी, अर्को घटनामा चोरी मुद्दामा फरार रहेका २६ वर्षीय ओम प्रकाश गुप्ता (ओम प्रकाश भुजुवा) लाई पनि प्रहरीले पक्राउ गरेको छ। उनलाई बाँके जिल्ला अदालतले २०७६ असार १७ गतेको फैसलाबाट १४ दिन कैद र १ हजार ५०० रुपैयाँ जरिवाना तोकेको थियो। गुप्ता गुलरिया नगरपालिका क्षेत्रमा लुकिछिपी बसेको अवस्थामा पक्राउ परेका हुन्।

पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीका लागि सम्बन्धित अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी प्रकाश सिंह कार्कीले जानकारी दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित ख