१७ फागुन,

सुर्खेत। चुनावको मुखमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई कर्णाली प्रदेशमा ठूलो धक्का लागेको छ। रास्वपा कर्णाली प्रदेशकी महामन्त्री चन्द्रा बिक र रास्वपा सुर्खेतका कार्यवाहक जिल्ला सभापति जगत बस्नेतले पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

उनीहरूलाई कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले आइतबार बिहान सुर्खेतमा आयोजित एक औपचारिक समारोहबीच पार्टीमा स्वागत गरेका हुन्। कार्यक्रममा कांग्रेसका स्थानीय नेता–कार्यकर्ता तथा समर्थकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

प्रदेशकै महामन्त्री र जिल्ला तहका नेतृत्वले पार्टी छोडेर कांग्रेस रोजेपछि रास्वपालाई चुनाव नजिकिँदै गर्दा कर्णालीमा संगठनात्मक चुनौती थपिएको राजनीतिक विश्लेषकहरूले बताएका छन्। यस घटनाले आगामी निर्वाचनमा कर्णाली प्रदेशको राजनीतिक समीकरणमा प्रभाव पार्ने आँकलन गरिएको छ।

कांग्रेसले भने अनुभवी तथा सक्रिय नेताहरूको आगमनले पार्टीलाई प्रदेशमा थप बलियो बनाउने दाबी गरेको छ।

प्रतिक्रिया

सम्बन्धित ख