१८ माघ,

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) बाट आगामी निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार रहेका बालेन्द्र शाह (बालेन) काे चुनावी प्रचारमा हिँडेका चलचित्र पत्रकार दिनेश सिटौलाको निधन भएको छ ।

ग्रान्डी अस्पतालका अनुसार उनको आइतबार दिउँसाे १२ बजेर ४५ मिनेटमा निधन भएको हो । चलचित्र पत्रकार सङ्घका निवर्तमान अध्यक्ष  सिटौलाको ४५ वर्षकै उमेरमा निधन भएको हो ।  

बालेनको चुनावी प्रचारमा अछाम पुग्दा एक्कासि बेहोस भएर ढलेपछि सिटौलालाई नेपाली सेनाको हेलिकप्टर मार्फत काठमाडौँ ल्याइएको थियो ।

अन्तिम श्रद्धाञ्जलीका लागि पत्रकार सिटाैलाकाे शव चलचित्र विकास बोर्डमा दिउँसो २ः३० देखि ३ः०० बजे सम्म राखिनेछ । उनी फिल्म अनलाई द सिनेमा टाइम्सका सञ्चालक पनि हुन् ।

प्रतिक्रिया

सम्बन्धित ख