
१३ माघ,
बाँके । अवैध रूपमा भारतबाट ल्याइएका ब्रोइलर कुखुरा बरामद गरिएको छ।
नेपालगञ्ज उपमहानगरपालिका–१ क्षेत्रमा गरिएको जाँचका क्रममा भारतबाट अवैध रूपमा भित्र्याइएका अन्दाजी ९९ किलोग्राम तौल बराबरका ३३ वटा ब्रोइलर कुखुरा नियन्त्रणमा लिइएको हो।
बरामद गरिएका कुखुरालाई आवश्यक कारबाहीका लागि पशु क्वारेन्टाइन कार्यालय, नेपालगञ्ज बाँकेमा पठाइएको सम्बन्धित निकायले जनाएको छ।
अवैध रूपमा पशु तथा पशुपन्छी भित्र्याउँदा रोग फैलिन सक्ने जोखिम रहेकाले यस किसिमका गतिविधिमा कडाइका साथ निगरानी बढाइएको जनाइएको छ।








