
१२ माघ,
बाँके । गाइको मासु र मटनमा के फरक ? मटक खान पाइन्छ भने गाइको पनि खान पाइन्छ भन्ने एक अभिब्यक्ती अहिले समाजिक संजालमा भाइरल छ । त्यो भनाइ र भिडियोमा खगेन्द्र सुनारले नै बोलेको देखिएको छ तसर्थ यस बिषयमा उनको चर्को आलोचना भएको छ ।
तर यस बिषय लाई खण्डन गर्दै उक्त भिडियो Ai बाट बनाइएको भ्रामक समाचार रहेको र आफ्नो चरित्र हत्या गर्न यस्तो प्रपोकाण्ड खडा गरिएको बाँके अपडेट मिडियाका पत्रकार बिजय काफ्ले सङको कुराकानिमा बताएका छन ।उनी भन्छन “यो सबै मलाई चुनाबमा हराउने नियतले Ai द्वारा बनाइएको फेक भिडियो हो,यस्ता अफवाह र भ्रष्टको पछि कहि कोहि नलाग्नु होला”
उनी अहिले बाँके क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधि सभाको उम्मेद्बारको रुपमा मैदानमा छन ।
जातिय उत्थान, बर्ग संघर्ष ,पछडिएको वर्गको प्रोत्साहन गर्ने जस्ता कार्यमा उनले बुलन्द आवज बनाउदै आएका छन ।








