५ मंसिर,

नेपालगन्ज । नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जितेको लुम्बिनी लायन्सले ट्रफीसहितको विजयोत्सव नेपालगन्जबाट सुरु गरेको छ। आन्तरिक क्रिकेटकै ठूलो धनराशिको प्रतियोगिता जितेपछि लुम्बिनी लायन्सले ट्रफी प्रदेशभर घुमाउने कार्यक्रम अन्तर्गत यसको सुरुवात नेपालगन्जस्थित बागेश्वरी मन्दिरबाट गरेको हो।

बागेश्वरी मन्दिरमा विशेष पूजा–अर्चनापछि ट्रफीलाई नेपालगन्ज बजार परिक्रमा गराइएको थियो। विजयोत्सवको क्रममा खेलप्रेमी, समर्थक तथा स्थानीयवासीको उल्लेख्य उपस्थिति देखिएको थियो।

नेपालगन्जपछि ट्रफी बर्दिया जिल्ला लगिएको छ भने बर्दिया हुँदै बाँकेको कोहलपुर ल्याई आजको ट्रफी टूर सम्पन्न हुने आयोजकले जनाएको छ।

 

प्रतिक्रिया

सम्बन्धित ख