
२४ मंसिर,
बर्दिया । जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक प्रकाश सिंह कार्कीका अनुसार प्रहरीले अवैध जडीबुटीसहित एक ट्रक चालकलाई पक्राउ गरेको छ।
प्रहरी चौकी चेपाङ, बर्दियाबाट खटिएको टोलीले बाजुराबाट नेपालगञ्जतर्फ जाँदै गरेको सु.प. प्र. ०१-००१ क २१७४ नम्बरको ट्रकलाई चेपाङ बजारस्थित रत्न राजमार्गमा जाँच तथा खोजतलास गर्दा १८ बोरा जडीबुटी (टिमुर) फेला पारेको थियो। जडिबुटीको अन्दाजी बजार मूल्य रु. ४,६२,००० (चार लाख बयसट्ठी हजार) रुपैयाँ बराबर रहेको प्रहरीले जनाएको छ।
अवैध रूपमा लैजाँदै गरेको टिमुर सहित ट्रकलाई रितपूर्वक नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय, कोहलपुर बाँकेमा बुझाइएको प्रहरी निरीक्षक कार्कीले बताए।
पक्राउ पर्नेमा जिल्ला कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–०२ निवासी ४३ वर्षीय तेज बहादुर जागरी रहेका छन्।








