२७ असोज,

बाँके ।  करिब दुई वर्षअघि हमास समूहद्वारा अपहरणमा परेका नेपाली विद्यार्थी विपिन जोशी जीवित नरहेको खबर प्राप्त भएको छ।

इजरायली अधिकारीहरूले आज विपिनका परिवारजनलाई सम्पर्क गर्दै उनी अब जीवित नरहेको औपचारिक जानकारी दिएका हुन्। इजरायली प्रधानमन्त्री कार्यालयका अधिकारी र इजरायली सेनाका कमाण्डरहरूले अमेरिकामा रहेका विपिनकी आमा र बहिनीलाई तथा नेपालमा रहेका उनका आफन्त किशोर जोशीलाई यो जानकारी दिएका हुन्।

इजरायलस्थित नेपाली राजदूत धनप्रसाद पण्डितले टेलिफोनमार्फत जानकारी दिँदै भने,

“विपिन जोशी जीवित हुनुहुन्न भन्ने दुःखद् खबर औपचारिकरूपमा प्राप्त भयो। इजरायली अधिकारीहरूले सुरुमा मलाई जानकारी दिए, त्यसपछि परिवारलाई औपचारिक जानकारी गराइयो। अहिले उनको शवको बारेमा भने यकिन विवरण प्राप्त भएको छैन।”

विपिन जोशीलाई हमास समूहले २०८० असोज २३ गते इजरायलको किबुज आलुमिम बाट अपहरण गरेको थियो। त्यतिबेला गाजाबाट हमासले इजरायलमाथि आक्रमण गरेपछि उक्त क्षेत्रमा रहेका थुप्रै नेपाली विद्यार्थीहरू प्रभावित भएका थिए।

जोशी सोही वर्ष मंसिरसम्म जीवित रहेको एक भिडियो सार्वजनिक भएको थियो। तर त्यसपछि उनीबारे कुनै जानकारी आएको थिएन।

आज हमास समूहले आफ्नो नियन्त्रणमा रहेका २० जना बन्दीलाई इजरायल समक्ष हस्तान्तरण गर्ने तयारीमा रहेको बताइएको छ। तर, तीमध्ये विपिन जोशी नरहेको इजरायली अधिकारीहरूले स्पष्ट पारेका छन्।

यो घटनाले दुई वर्षअघि इजरायलमा अध्ययनरत नेपाली विद्यार्थीहरूमाथि परेको संकटको स्मरण गराएको छ। विपिन जोशीको परिवारले निरन्तर आशा राख्दै आएको भए पनि, आजको खबरले उनीहरूलाई गहिरो शोकमा डुबाएको छ।

प्रतिक्रिया

सम्बन्धित ख