२७ असोज,

सुर्खेत — भेरीगंगा नगरपालिका–५ स्थित बबई चेकपोष्टमा प्रहरीले पटकाजन्य बिष्फोटक पदार्थ (पटाका) र बिल भरपाई नभएका विभिन्न सामान बरामद गरेको छ।

अस्थायी प्रहरी पोष्ट बबईबाट प्रहरी निरीक्षक हर्कबहादुर तिरुवाको कमान्डमा खटिएको पाँचजनाको टोलीले नेपालगञ्जबाट सुर्खेततर्फ जाँदै गरेका यात्रु तथा मालबाहक सवारीसाधन चेकजाँच गर्ने क्रममा उक्त सामान बरामद गरेको हो।

प्रहरीका अनुसार बरामद सामानमा १७५ केजी चिनी (करिब रु.१७ हजार ५ सय मुल्य बराबर), ठूला पटाका १०० थान र साना पटाका ८०० थान रहेका छन्।

बरामद गरिएको सामान सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित ख