
२७ असोज,
बाँके । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल), काठमाडौंमा कार्यरत लेखा अधिकृत ढुण्डी राज दाहाल घुस रकमसहित पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले विभिन्न सप्लायर्स कम्पनी र ठेकेदारहरूलाई भुक्तानी प्रक्रिया क्रममा घुस लिई कार्यकक्षमै लुकाइराखेको अवस्थामा दाहाललाई पक्राउ गरेको हो।
आयोगका अनुसार दाहालले बिल भुक्तानीका क्रममा घुस/रिसवत स्वरूप रु. १,२०,८५० (एक लाख बीस हजार आठ सय पचास रुपैयाँ) लिएको अवस्थामा पक्राउ परेका हुन्।
उनको कार्यकक्षबाट मोबाइल डिभाइस एक थान र अन्य सम्बन्धित कागजातहरू पनि बरामद गरिएको आयोगले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।