
२७ असोज,
एजेन्सी । प्यालेस्टाइनी समूह हमासले रिहा गर्ने बन्दीहरूको नाम सार्वजनिक गरेको छ ।
इजरायलसँगको युद्धविराम सहमति अन्तर्गतको पहिलो चरणमा सोमवार २० जना बन्दीहरूको रिहाइ गरिने भएको छ ।
बन्दीहरूको सूचीमा नेपालका विपिन जोशीको नाम छैन । इजरायली सैनिक तमिर निमरोदीको नाम पनि त्यसमा छैन ।
विपिन जोशीको अवस्थाका विषयमा हमासले स्पष्ट पारेको छैन ।