२४ असोज,

नेपालगञ्ज – नेपालगञ्जका विभिन्न चार वटा होटल र रेष्टुरेन्टमा यौन धन्दामा संलग्न रहेको सूचनाका आधारमा प्रहरीले शुक्रबार राति छापा मारेको छ।

प्रहरीका अनुसार यौन धन्दा चलिरहेको जनगुनासो आएपछि छुट्टाछुट्टै टोली बनाएर मिलन कटेज, भेरी–कर्णाली होटल, रिभरसाइड र दंगाली होटल मा एकैपटक छापा मारिएको हो।

उक्त कारबाहीका क्रममा ३१ जना महिला र १४ जना पुरुष गरी ४५ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। पक्राउ परेकामध्ये पुरुषहरू मध्ये धेरैजना भारतीय नागरिक रहेको प्रहरीको भनाइ छ।

प्रहरीले नियन्त्रणमा लिइएका व्यक्तिहरूबाट आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ। साथै, यौन धन्दामा संलग्न हुने र त्यसलाई प्रोत्साहन गर्ने होटल तथा व्यक्तिमाथि कानुनी कारबाही गर्ने तयारी गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित ख