१ असोज,

बाँके । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षाको नयाँ तालिका सार्वजनिक गरेको छ। जेन–जी आन्दोलनका कारण स्थगित भदौ २८ र २९ गतेका परीक्षा असोज ७ र ८ गते सञ्चालन हुनेछन्।

संशोधित तालिकाअनुसार असोज ७ गते अनिवार्य अंग्रेजी (००४१) विषयको परीक्षा हुनेछ। त्यस्तै, एक विषयमा मात्रै परीक्षा दिने परीक्षार्थीका लागि सोही दिन परीक्षा हुनेछ भने दुई विषयमा परीक्षा दिने परीक्षार्थीले सानो कोड भएको विषयको परीक्षा दिनुपर्नेछ। अनिवार्य अंग्रेजी र नेपाली दुवै विषय दिने परीक्षार्थीले पहिलो दिन अंग्रेजी र दोस्रो दिन नेपाली परीक्षा दिनुपर्नेछ।

असोज ८ गते भने दुई विषयमा परीक्षा दिने परीक्षार्थीका लागि आफूले दिने विषयहरुमध्ये ठूलो कोड भएको विषयको परीक्षा सञ्चालन गरिनेछ।

प्रतिक्रिया

सम्बन्धित ख