३० भदौ,

कोहलपुर – कोहलपुर नगर कार्यपालिकाको कार्यालयले हालै सम्पन्न जेन–जेड समूहको आन्दोलनसँग सम्बन्धित घटनाबारे महत्वपूर्ण निर्णयहरू सार्वजनिक गरेको छ।

नगर कार्यपालिकाले मिति २०८२ भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा ज्यान गुमाएका मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ। घाइतेहरूको उपचारका लागि आवश्यक सहयोग गर्न नेपाल सरकार तथा सम्बन्धित निकायलाई ध्यानाकर्षण समेत गराइएको छ।

आन्दोलनकै क्रममा नगर कार्यपालिकाको कार्यालय, वडा कार्यालय, नगर प्रमुख तथा उपप्रमुखको निवाससहित विभिन्न सरकारी कार्यालयमा तोडफोड, आगजनी र लुटपाट भएकोप्रति खेद व्यक्त गर्दै यस्ता अराजक गतिविधिमा संलग्न दोषीहरूलाई हदैसम्मको कारबाही गर्न सम्बन्धित निकायलाई पत्राचार गर्ने निर्णय गरिएको छ।

नगरपालिकाले आफ्ना मातहतका शाखा, उपशाखा, वडा कार्यालय तथा स्वास्थ्य संस्थामा पुगेको क्षतिको एकीकृत विवरण संकलन गर्ने, मर्मत सम्भारका लागि संघीय र प्रदेश सरकारसँग बजेट सहयोगको अनुरोध गर्ने तथा निजी सम्पत्तिमा भएको क्षतिको छानबिन गरी क्षतिपूर्ति दिलाउन पहल गर्ने निर्णय गरेको छ।

यस्तै, आन्दोलनकारीहरूले नष्ट गरेको इन्टरनेट पूर्वाधार, कार्यालय संरचना र अत्यावश्यक सामग्रीका कारण सेवा प्रवाहमा अवरोध पुगेको भन्दै तत्काल मर्मत सम्भार गर्ने र आवश्यकता परे नगरसभाको विशेष अधिवेशनमार्फत रकमान्तर गर्ने निर्णय नगर कार्यपालिकाले गरेको छ।

नगरपालिकाको एम्बुलेन्समा आगजनी भएपछि स्वास्थ्य सेवा प्रभावित भएकाले हाललाई नेपाल रेडक्रस सोसाइटी कोहलपुर उपशाखासँग सम्झौता गरी त्यहाँको एम्बुलेन्स प्रयोग गरी सेवा सुचारु गर्ने निर्णय समेत गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित ख