२७ साउन,

बाँके, कोहलपुर — कोहलपुर नगरपालिकाले आमनागरिकको स्वास्थ्य तथा वातावरणमा पर्ने असरलाई न्यूनीकरण गर्ने उद्देश्यले विद्युतिय सहायताबाट चल्ने सुधारिएको चुलो वितरण गरेको छ।

कोहलपुर नगरपालिका उपप्रमुख संगिता सुवेदी र वडा नं. ११ की वडा अध्यक्ष कल्पना अधिकारीले सुधारिएको चुलो वितरण गरेकी हुन् ।

पहिलो चरणमा नगरक्षेत्रका अपांगता, जेष्ठ नागरिक, एकल महिला र आर्थिक रुपमा विपन्न परिवारलाई लक्षित गरी चुलो वितरण गरिएको हो।

वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्र र कोहलपुर नगरपालिकाको साझेदारीमा १५ वटै वडामा ३०/३० वटा दरले कुल ४५० वटा चुलो वितरण गरिएको छ।

नगरपालिकाकी उपप्रमुख संगीता सुबेदीका अनुसार यस कार्यक्रमले लक्षित समूहका परिवारका साथै अन्य सदस्यलाई पनि लाभ पुग्नेछ। उनले चुलो प्राप्त गर्ने लाभग्राहीहरूले यसको सही सदुपयोग गर्ने अपेक्षा व्यक्त गर्दै वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रप्रति हार्दिक आभार प्रकट गरिन्।

प्रतिक्रिया

सम्बन्धित ख