१९ साउन,

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ। बोर्डको सोमबार साँझ बसेको बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो।

यस वर्ष कक्षा १२ को परीक्षामा ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। गत वर्षको तुलनामा यस पटक नतिजा सकारात्मक देखिएको छ। गत वर्ष केवल ५२ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएका थिए।

बोर्डको शैक्षिक क्यालेन्डरअनुसार साउन १५ भित्र नतिजा प्रकाशित गर्नुपर्ने भए पनि शिक्षक आन्दोलनका कारण केही ढिला भएको हो। यसै कारणले गत ११ वैशाखबाट सुरु हुने भनिएको परीक्षा पनि २१ गतेबाट मात्र सञ्चालन भएको थियो।

परीक्षा बोर्डले आगामी वर्षका लागि समयमै परीक्षा र नतिजा सार्वजनिक गर्ने तयारी थालेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित ख