१४ साउन,

कोहलपुर, बाँके – कोहलपुर नगरपालिकाले विपन्न र अति विपन्न नगरवासीका लागि नयाँ घर निर्माण वा जीर्ण घर मर्मत गर्न एक लाख रुपैयाँसम्मको आवास ऋण उपलब्ध गराउने भएको छ। कोहलपुर नगरपालिका, लुमन्ती संस्था र एनएमबी बैंकको सहकार्यमा सञ्चालनमा आएको ‘आवास निर्माण कार्यक्रम’ अन्तर्गत यस्तो सुविधा ल्याइएको हो।

नगरपालिकाले आवासविहीन, जीर्ण घरमा बसोबास गरिरहेका वा आर्थिक अभावका कारण घर मर्मत गर्न नसक्ने नगरवासीहरूलाई लक्षित गरी यो कार्यक्रम सुरु गरेको हो। नगर कार्यपालिकाको कार्यालयले वडा नम्बर १ देखि १५ सम्मका सबै वडाध्यक्षलाई औपचारिक सूचना पठाइसकेको छ।

नगरपालिकाले स्पष्ट पारेको छ कि ऋण समयमै तिर्ने व्यक्तिलाई कुनै अतिरिक्त आर्थिक भार पर्ने छैन, किनकि ब्याजदर ७ वर्षसम्म स्थिर रहनेछ।

यस कार्यक्रमबाट साना आम्दानी भएका नगरवासीहरूलाई स्वाभिमानसाथ बस्न सक्ने वातावरण सिर्जना गरिने नगर प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीद्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ। निवेदन दिनको अन्तिम म्याद: २०८२ साउन मसान्तसम्म तोकिएको छ।

नगरपालिकाका अनुसार, यो कार्यक्रमले सामाजिक समावेशीता, समानता र आत्मसम्मानयुक्त जीवनशैलीको प्रवर्द्धन गर्न सहयोग गर्नेछ। साथै, शिक्षा, स्वास्थ्य र सुरक्षामा समस्या भोगिरहेका परिवारहरूलाई दीर्घकालीन राहतदिने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित ख