बाँकेको कोहलपुरमा कोहलपुर उद्योग वाणिज्य संघले स्वा. खुशीराम चौधरीको शोक सभा तथा दिप प्रज्वलन कार्यक्रम कोहलपुरको न्युरोड न्युरोड चोकमा सपन्न गरेको छ।वैशाख २५ गतेका दिन राजापुर नगरपालिका वडा न १ वस्ने व्यवसायी तथा निवर्तमान वडा अध्यक्ष खुसिराम चौधरीलाइ राजापुरमा रहेको एभरेष्ट बैंकका कर्जा अधिकृत मनोज अर्याल तथा ज्योति विकाश बैंकका कर्मचारीले दिएको मानसिक यातना तथा दैनिक रुपमा धम्कीका कारण आत्महत्या गर्न बाध्य बनाएको भनि सामाजिक सञ्जालमा प्रत्यक्ष वोलेको भिडियो पोष्ट गरी आत्महत्या गरेका थिए ।

मृतक खुसिराम चौधरीलाइ कर्जा असुलिका नाममा आत्महत्या गर्न वाध्य पार्ने एभरेष्ट बैंक शाखा कार्यालय राजापुरका कर्जा अधिकृत मनोज अर्याल लगायत बैंकका कर्मचारी र ज्योतिबिकाश बैंकका कर्मचारीलाइ तत्काल कानुनि र्कावाहि गर्न बैङ्कहरुको ज्याजति विरुद्ध सम्पूर्ण व्यापारीहरु एकजुट भएर लाग्नु पर्ने कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण राज् पौडेलले बताउनु भएको छ।

प्रतिक्रिया

सम्बन्धित ख