
१३ वैशाख,
बाँके : नेपाल क्रिकेट संघ क्यानले वेस्ट इन्डिजको एसँगको पाँच खेलको टी–ट्वेन्टी सिरिजका लागि नेपाली टोलीको घोषणा गरेको छ।
क्यानले आज रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय टिमको घोषणा गरेको हो।
नेपालको टिममा कप्तान रोहित पौडेल, कुशल भुर्तेल, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, अनिल साह, कुशल मल्ल, सन्दीप जोरा, गुल्सन झा, करण केसी, प्रतिश जिसी, विवेक यादव, अभिनास बोहरा, सोमपाल कामी, ललित राजवंशी, आरिफ शेख र आकश चन्द छन्।
सिरिज आउँदो शनिबारदेखि बैशाख २२ गतेसम्म हुनेछ। पाँच खेलको टी(ट्वेन्टी सिरिजका लागि वेस्ट इन्डिजको ए टोली पनि बुधबार नेपाल आइपुगेको छ।








