
११ बैशाख,
बाँके । बाँकेको खजुराबाट प्रहरीले लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ।
लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगन्जबाट खटिएको टोलीले बाँकेको खजुरा गाउँपालिका–५ बाट २६ वर्षीय अजिजुल रहमान खाँलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार उनको साथबाट २७५ ग्राम खैरो हेरोईन, एक थान डिजिटल तराजु, पेस्तोल जस्तो देखिने एक वस्तु, २ राउण्ड गोली, विभिन्न बैंकका १३ थान चेक, २ वटा गाडी, ३ वटा मोटरसाइकल तथा सुनका गरगहना बरामद गरिएको छ।
पक्राउ परेका खाँलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाइएको प्रहरीले जनाएको छ। उनीमाथि लागू औषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम थप अनुसन्धान भइरहेको छ।








