११ बैशाख,

बर्दिया । जिल्ला बर्दिया बढैयाताल गाउँपालिका वडा नं. ०६ रानीपुरस्थित सडक क्षेत्रमा लागू औषधसहित एक व्यक्ति पक्राउ परेका छन् ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङबाट सादा पोषाकमा तथा इलाका प्रहरी कार्यालय मैनापोखर, बर्दियाबाट खटिएको संयुक्त प्रहरी टोलीले भारततर्फबाट आउँदै गरेका बाँके जिल्ला, कोहलपुर नगरपालिका वडा नं. ०४ बेलनपुर बस्ने ४७ वर्षीय जान अली बेडुवालाई चेकजाँचका क्रममा नियन्त्रणमा लिई उनको साथबाट १ ग्राम ८९० मिलिग्राम लागू औषध (ब्राउ:न सुगर) जस्तो देखिने पदार्थ बरामद गरिएको छ ।

उक्त व्यक्तिलाई कानुन बमोजिम पक्राउ गरी थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित ख