
- ✍ गोविन्द भण्डारी

बाँकेको कोहलपुरमा नवनिर्मित अत्याधुनिक बसपार्क साउनको पहिलो हप्ताबाट सञ्चालनमा आएको थियो। उक्त बसपार्क लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले एक कार्यक्रमबीच उद्घाटन गरेका थिय । उद्घाटन गरेको चार महिना पनी नबित्दै बसपार्कको पिच भत्किदै गएको छ ।रु ३० करोड ६२ लाख सात हजार सात सय एकको लागतमा निर्माण गरिएको उक्त नयाँ बसपार्क साउनको पहिलो सातादेखि सञ्चालनमा आय पनि मङसिर महिना को पहिलो सातादेखि नै भत्किन सुरु गरेको देखिन्छ । यस्तो कम्जोर पिच हुनुमा सम्बन्धित ठेकेदार र सरोकार बाला निकायको पनि कमजोरी रहेको देखिन्छ ।









