
५ भाद्र,
✍️सुरज चौधरी / बाँके । बाँकेको कोहलपुर नगरपालिकाले पशु सुत्केरी भत्ता दिने भएको छ ।
कोहलपुर नगरपालिका नगरपालिकाको कार्यालय पशुसेवा शाखाको आर्थिक वर्ष २०८०/ २०८१ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार पशु सुत्केरी भत्ता दिने भएको हो ।
आर्थिक विकास समितिको निर्णय अनुसार नगर भित्र रहेका पशुपालक कृषकहरुले पालन गरेका पशु ( गाई भैंसी ) पशु सुत्केरी भत्ता वितरण गर्ने भएको हुँदा सम्बन्धित कागजात सहित नगरपालिका पशु विकास शाखामा निवेदन दिन पालिकाले जनाएकोछ ।





