
२९ असार,
बाँके । सेयर बजार बुधबार नेप्से सुचक ५९.५४ अंकले बढेको छ ।
आज नेप्से ५९.५४ अंकले बढेको बजार १९८६.८२ बिन्दुमा पुगेर रोकिएको छ । आज ३.०९ प्रतिशतले बजार बढेको हो ।
यसदिन कुल २२५ वटा कम्पनीको ३२ हजार ७८२ वटा कारोबारबाट ५७ लाख ८७ हजार १२६ कित्ता सेयर किनबेच हुदा २ अर्ब ४ करोड ४४ लाख ४३ हजार ७ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज सबै उपसमूहको मूल्य बढेको छ । सबैभन्दा धेरै विकास बैंकका लगानीकर्ताले कमाएका छन् । नेपाल फाइनान्स र रिलायन्स फाइनान्समा बुधबार पोजेटिभ सर्किट लाग्यो ।
यस्तै सीइडीबी हाइड्रो, कर्पोरेट विकास बैंक, सिजिटन्स म्यूचअल फण्डसहित करीव एक दर्जन कम्पनीको मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको छ । यस दिन धेरै घट्नेमा डिभेन्चरहरु रहेका छन् । शिवम् सिमेन्टको सबैभन्दा धेरै कारोबार भएको छ ।






