२४ असार,

बाँके । साताको अन्तिम कारोबरा दिन शुक्रबार सेयर बजार नेप्से परिसूचक १.७१ प्रतिशतले घटेको छ।

शुक्रबार नेप्से ३४.७१ अंकले घट्दा १९९२.६१ बिन्दुमा बन्द भएको हो ।

नेप्सेसँगै सबै उपसूचक पनि घटेका छन् । व्यापार, होटल तथा पर्यटन र वित्त कम्पनी उपसूचक ३ प्रतिशत भन्दा माथिले घटेको छ ।

घटेको बजारमा शुक्रबार १ अर्ब १६ करोड ८४ लाख ५१ हजार रुपैयाँको कारोबार भएको छ ।

शिवम् सिमेन्टको सर्वाधिक ५ करोड ५९ लाख ८४ हजार कारोबार हुँदा युनाइटेड इदी मार्दी एण्ड आरबी हाइड्रोपावर कम्पनीको ३ करोड ९७ लाख ६७ हजारको कारोबर भएको छ ।

शुक्रबार बजारमा १९० कम्पनीको सेयर कारोबार भएकोमा १७६ कम्पननीको सेयर मूल्यमा गिरावट हुँदा १४ कम्पनीको मात्रै सेयर मूल्य बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित ख