
१३ चैत,
बाँके । साताको पहिलो दिन आज सेयर बजार ४१ अंकले घटेको छ ।
आइतबार सेयर बजारको परिसूचक ४१.४३ अंकले घटेर २,५७२.२३ पुगेको हो।
यसक्रममा जम्मा २३२ कम्पनीको ८९ लाख २३ हजार ४१ सेयर किनबेच हुँदा ४ अर्ब ९८ करोड ९५ लाख १४ हजार ४१५ रुपैयाँ ७८ पैसाको कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा उपसमूहहरू मध्ये नन लाइफ इन्स्योरेन्स बाहेक सबै उपसमूहको सूचक नकारात्मक देखिएको छ । नन लाइफ इन्स्योरेन्सको परिसूचक १.०९ प्रतिशतले बढेको हो ।
नेपाल स्टक एक्सचेन्जकाअनुसार आज अपि पावरको सबैभन्दा धेरै सेयर कारोबार भएको छ । कम्पनीको २७ करोड ५६ लाख ७४ हजार ३९३ रुपैयाँ ५० पैसाको कारोबार भएको हो ।





