२ चैत,

बाँके । नेपाली बजारमा सुनचाँदीको मूल्यमा आज (बुधबार) पनि ओरालो लागेको छ । आज सुनको तोलामा १२ सयले घटेको छ ।

मंगलबार तोलामा १ लाख ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज बुधबार १२ सयले घटेर ९९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अहिले तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य पनि आज १५ रुपैयाँले घटेर १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख