
२६ फागुन,
बाँके । सुनको मुल्य आज तोलामा ३५ सय रुपैयाँले घटेको छ ।
आज छापावल सुनको मूल्य एक लाख २ हजार रुपैयाँ तोकिएको छ ।
तेजावी सुन र चाँदीको मूल्य आज तोलामा क्रमशः एक लाख एक हजार पाँच सय र १४ सय पाँच रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार हालसम्मकै उच्च विन्दु प्रतितोला एक लाख ५ हजार पाँच सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।





