बाँके ट्राफिक कमजोर : दर्जनौ ट्राफिक कै अघिबाट ट्रायल सेन्टरमा मोटरसाइकल चोरि !

दर्जनौ ट्राफिक कै अघिबाट कोहलपुर ट्रायल सेन्टरमा मोटरसाइकल गायब भएको छ ।

कोहलपुर स्थित सवारी साधान चलाउन अनुमति पत्रको लागि ट्रायल दिने गरिन्छ । सो ट्रायल दिनको लागि आएकी मिना थारुको भे १० प ७८५७ नम्बरको होन्डा साइन मोटरसाइकल राखेको ५ मिनेट मै हराएको छ । यसरि ट्रायल सेन्टरमा दर्जनौ प्रहरी को अघि बाट मोटरसाइकल हराउनु कमजोरी प्रहरी/प्रशासनको उपज हो ।

थारु आफ्नो पालो कुर्न लाइनमा बस्दा मोटरसाइकल हराएको थारुको भनाइ छ । यसरी प्रहरी कै नजर अघि कोहलपुरमा मोटरसाइकल हराउने क्रम बढ्दो छ । तर जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके मौन छ भने ईलाका प्रहरी कार्यालय खोजी कार्य जारी छ भन्दै आलटाल गर्ने गरेको पिडितहरुको भनाइ छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके प्रमुख हिमालय शाह ले जिल्लाको नेतृत्व सम्हाले यता अझ सवारि दुर्घटना तथा चोरीहरु बढेको पाइन्छ भने समग्रमा बाँके ट्राफिक ब्यवस्थापन कम्जोर हुन पुगेकोछ ।

आफुलाइ स्थानीय बताउने शाह कमजोर प्रशासकको रुपमा देखिएका छन । भने धेरै जसो प्रहरी बिट बाट प्रती गाडी पैसा असुली धन्दा समेत बन्द बएको पाइदैन ।

प्रतिक्रिया

सम्बन्धित ख