
२३ माघ,
बाँके । प्रसिद्ध भारतीय गायिका लता मंगेशकरको निधन भएको छ।
हिन्दुस्तान टाइम्सका अनुसार मंगेशकरको शनिबार राति उपचारका क्रममा निधन भएको हो । उनी ९२ वर्षकी थिइन ।
केही दिनदेखि बिरामी परेकी मंगेशकरलाई अस्पताल भर्ना गरिएको थियो । उनलाई कोरोनाभाइरसको संक्रमण पनि देखिएको थियो ।






