
२७ मंसिर,
रोल्पा । रोल्पामा लागुऔषधसहित एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा, थवाङ गाउँपालिका वडा नं.४ उवा मालागिरी बस्ने ५२ वर्षीया थमकली घर्ती रहेकी छिन ।
प्रहरीका अनुसार,सुनछहरी गाउँपालिका वडा नं.१ फुलिवनबाट सुलिचौरतर्फ आउँदै गरेको रा.१ ज ४०५ नम्बरको जिपलाई सुनिलस्मृती गाउँपालिका वडा नं.४ सुलिचौर बजारमा रोकी प्रहरीले जाँच गर्ने क्रममा जिपमा सवार उनको साथबाट १० किलो चरेश फेला परि पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।





