
२६ मंसिर,
आज आइतबार साताको पहिलो दिन सेयर बजारमा पहिरो गएको छ ।
बजार आज ८८ दशमलव ७० अंकले घट्दा नेप्से परिसूचक दुई हजार तीन सय ६१.२७ को विन्दुमा झरेको छ ।
२ सय २८ सूचीकृत कम्पनीको ७२ लाख २३ हजार २ सय ४० कित्ता शेयर खरिदबिक्री हुँदा ३ अर्ब १९ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
आज सबै भन्दा बढी मञ्जु फाइनान्स, युनिलिभर, स्वाभलम्बन लघुवित्त, नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले सर्वाधिक कमाएका छन । बाँकी सबैको मूल्यमा ओरालो लागेको छ ।
सेयर बजार घाटे सँगै नयाँ सारथी लघुवित्तको सेयर १० प्रतिशतले घटेको छ । भने मञ्जुश्री फाइनान्स, नेशनल हाइड्रो र नबिल बैंकको सेयर १० करोड रुपैयाँमाथिको कारोबार भएको छ ।





