२१ भदौ,

बाँके – सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको केही घण्टामै काठमाडौँ महानगरपालिका मेयर बालेन शाहले व्यङ्ग्यात्मक शैलीमा प्रतिक्रिया दिएका छन्।

शाहले आफ्नो आधिकारिक फेसबुकमार्फत लेखेका छन्, फेसबुक बन्द गरेर नि तनाव हुन्दो रैछ, अब अरुले काम गरेकोमात्र देख्ने भए, बोलेको नसुन्ने भए ! गाह्रो हामी जस्तो भासन दिनेहरुलाई !”

उनको अभिव्यक्तिलाई सरकारले चालेको कदमप्रति गरिएको प्रत्यक्ष कटाक्षका रूपमा लिइएको छ। सामाजिक सञ्जाल बन्द गर्ने निर्णयपछि अभिव्यक्ति स्वतन्त्रता र लोकतान्त्रिक मूल्यमा असर पर्न सक्ने भन्दै विभिन्न क्षेत्रबाट आलोचना भइरहेको बेला मेयर शाहको टिप्पणीले थप चर्चा पाएको छ।

प्रतिक्रिया

सम्बन्धित ख