मिति २०८१/ ३/२० गते बिहान ८ः३० बजेको समयमा जिल्ला प्रहरी कार्यालय बाँके र ईलाका प्रहरी हिरमिनिया बाँकेबाट खटिएको प्रहरी टोलीले बाँके जिल्लाको डुडुवा गाउँपालिका वडा न.६ शिखनपुरुवा घर भएका सरमान सिंह सरदारलाई सम्मानित बाँके जिल्ला अदालतले डाँका चोरी मुद्धामा मिति २०७०/३/१८ गतेको फैसलाले ६ बर्ष कैद र रू १२००० जरिवाना तोकिएको थियो। फरार प्रतिबादी सरमान सिंह सरदारलाई निमन्त्रणमा लिई ल्याउने क्रममा एक्कासी स्थानियबासीहरुले अबरोध गरी ढुङ्गामुडा सहित आक्रमण गर्दा सरदारलाई प्रहरी नियन्त्रण बाट खोस्दा जवाफी कारवाहीमा प्रहरीद्वारा स्थितिलाई नियन्त्रणमा लिन र फरार प्रतिबादी भनिएका सरमान सिंह सरदारलाई पक्राउ गर्न ३ राउण्ड गोली फाएर भएको थियो। सोही क्रममा ईलाका प्रहरी कार्यालय हिरमिनियामा कार्यरत प्र.ब.ह. मदन डाँगिको टाउकोमा र बाँया हातमा चोट लाग्न गई घाइते भएका छन। त्यसै क्रममा प्रहरीको हतियार खोस्न प्रहरी माथीनै जाइलाग्ने डुडुवा गाउँपालिका वडा न.६ शिखनपुरुवा बस्ने बर्ष ३०को नानक सिंह शिखको दाँया खुट्टाको साप्रामा गोली लागि घाइते भएका छन्। झडपकै क्रममा फरार भएका प्रतिबादी सरदारलाई ९ः०० बजेको समयमा आधा घन्टा पछी नियन्त्रणमा लिने क्रममा उनको पनी दाहिने घुडामा १ राउण्ड गोली लागि घाइते भएका छन्। धाइते भएका प्रहरी सहित तिनै जनाको भेरी अस्पताल नेपालगंज बाँकेमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक नारायण डाँगिले बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित ख