बाँकेको कोहलपुर नगरपालिका वडा न.-१ कौशिलानगरमा ३ महिना देखि धारोमा पानी नआएपछि समाज सेवी साथै राष्ट्रिय स्वतन्त्र पाटीका वडा नम्बर १ का वडा सचिव समेत रहनु भएका खगेन्द्र बहादुर शाहिले ५ दिन देखी आफ्नो निजि लगानिमा ट्याक्टरमा पानी ल्याएर वडाका जनताहरुलाई निशुल्क वितरण गरिरहेका छ्न्। यो गर्मि को समयमा पानी नपाएर छट्पटाई भइरहेको समयमा जनतालाई सरोकार बालाले कुनै चासो नदेखाए पछी जनताको पिडालाई थोरै भएपनी राहात होस भन्ने हेतुले ५ दिन देखी फ्रिमा पानी घरघरमा लगेर वितरण गरेको स्रोतले बताएको छ।खगेन्द्र बहादुर शाही पेशाले व्यवसायी पनी हुन्।उनले कोहलपुर नगरपालिका वडा न. १ कौशिलानगरमा सुन्दर एण्ड कमल स्टोर नामको हार्डवयरको पसल सञ्चालन गर्दै आएका छन भनी को.नपा.वडा न.१ राष्ट्रिय स्वतन्त्र पाटीका वडा सभापति देबेन्द्र बंगाडीले बाँके अपडेटलाई बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित ख