
१९ जेठ,
बाँके । अत्यधिक गर्मी भएको कारण बाँकेको जानकी गाउँपालिका अन्तर्गत संचालित सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा गर्मी बिदा दिइएको छ ।
शिक्षा, युवा तथा खेलकुद महाशाखा मानपुर बाँकेले एक सूचना प्रकाशित गर्दै अत्यधिक गर्मी भएका कारण पठनपाठनम कठिनाई भएको हुँदा गर्मी बिदा दिएको हो ।
यस अघि जेठ २१ गते सम्म पालिकाले दिएको गर्मी बिदा लाई संशोधन गरी जेठ २६ सम्म बिदा दिएको शिक्षा अधिकृत कृष्णा कुमारी भण्डारीले जानकारी दिनु भयो ।
सूचनामा हेर्नुहोस् !!







