५ बैशाख,

बाँके । नेपाली कांगे्रस कोहलपुर नगर समितिले कोहलपुर नगरपालिकाको मेयरका लागि १३ जना र उपमेयरका लागि ५ जनाको नाम सिफारिस गरेको छ ।

यही बैशाख ३० गते हुन गइरहेको स्थानिय तह निर्वाचनका लागि कांग्रेसले आकांक्षीको नाम सिफारिस गरेको हो ।

कांग्रेसको केन्द्रीय परिपत्रानुसार प्रदेश स्तारिय तहमा आकांक्षीहरुको नाम सिफारिस गरिएको नेपाली कांग्रेस कोहलपुर नगर समितिका सभापति वीरेन्द्र शाहले जानकारी दिए ।

उनका अनुसार, मेयरमा बलराम शर्मा, भानुभक्त भट्टराई, पूर्ण आचार्य, चिन्तामणि धिताल, सञ्जुकुमारी चौधरी, फुलाराम थारु, चक्र अधिकारी, राजेन्द्र श्रेष्ठ, निमबहादुर चलाउने (निरज), भुम भण्डारी, चुडामणि कँडेल, नरबहादुर मल्ल र जागेश्वर थारुको नाम सिफारिस गरिएको छ ।

यस्तै उपमेयरमा अञ्जना पाण्डे, मीना सिग्देल, द्रोपती ओली, केशकुमारी ओली र संगीता पौडेलको नाम सिफारिस गरिएको कांग्रेस कोहलपुर नगर समितिका सभापति शाहले बताए ।

मेयर र उपमेयरका आकांक्षीहरु धेरै जना भएपछि सबैको नाम माथिल्लो तहमा सिफारिस गरिएको नेपाली कांग्रेस कोहलपुर नगर समितिले जनाएको छ ।
कांग्रेस पालिका स्तारिय समितिहरुले बाँकेका अन्य पालिकाहरुबाट दाबेदार उम्मेदवारहरुको नाम मथिल्लो तहमा सिफारिस गरिसकेका छन ।

हाल सम्म कोहलपुर नगरपालिका,नेपालगन्ज उपमहानगरपालिका, नरैनापुर गाउँपालिका, बैजनाथ गाउँपालिका, राप्तीसोनारी गाउँपालिका र डुडुवा गाउँपालिकाले आकांक्षीहरुको नाम सिफारिस गरि पठाइसकेका छन ।

नेपाली कांग्रेसको विधानअनुसार नगरपालिकाको मेयर र उपमेयरको टिकट दिने अधिकार प्रदेश संसदीय समितिलाई छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित ख