
१६ फागुन,
रूस–युक्रेन बीच भएको युद्धबाट प्रभावित २४४ नेपाली सुरक्षित स्थानमा पुगेका छन ।
एनआरएनद्धारा गठित रूस–युक्रेन युद्ध प्रभावित नेपालीको सहयोग उच्चस्तरीय समिति अनुसार युक्रेन छोडेर २४४ जना नेपालीहरू छिमेकका विभिन्न मुलुकमा सुरक्षित पुगेका छन ।
युक्रेनबाट पोल्याण्डमा ६० जना, स्लोभाकियामा १२ , हंगेरी ४ जना, रोमानियामा १२ जना, माल्डावामा २ जना सकुशल पुगेका छन्। यस्तै थप १५४ जना नेपाली यसअघिनै सुरक्षित स्थानमा पुगिसकेका छन ।
सुरक्षित गन्तव्यमा जानेक्रममा पोल्याण्डको सिमामा १३० जना, स्लोभाकियाको सिमामा १२ जना, रोमानीयाको सिमामा १० जना र माल्डावाको सिमामा २ जना नेपाली दोस्रो मुलुक जान रोकिएका छन ।
उनीहरूलाई सोमबार साँझसम्ममा सिमा पार गराउने प्रयास भइरहेकोे छ ।
गैरआवासीय नेपाली संघ युक्रेनका अनुसार युक्रेनभित्र ४० परिवार नेपाली स्थायी रूपमा बसोबास गर्दै आएका थिए । अझै पनि केही नेपाली पर्ख र हेरको अवस्थामा युक्रेनका विभिन्न शहरमा रोकिएका छन ।
रूस–युक्रेन युद्ध प्रभावित नेपालीको सहयोग लागि एनआरएन र राजदूतसम्मिलीत उच्चस्तरीय समितिले विस्थापित नेपालीलाई सुरक्षित स्थानमा पु¥याउन आवश्यक पहल गरेको थियो ।
उच्च स्तरीय समितिले सीमा क्षेत्रमा थप स्वंयमसेवक परिचालन गर्ने, नेपाल फर्किन चाहनेहरुको लागि हवाई टिकटको लागि समन्वय गर्ने, सीमा क्षेत्रमा आएको नेपालीहरुका लागि खाना र बस्नको व्यवस्था गर्ने जस्ता इत्यादी गतिविधिलाई अघि बढाइएको छ ।






