
१८ माघ,
बाँके । प्रधानमन्त्री शेरबहादुर देउवाले जेठ पहिलो साताभित्र स्थानीय तहको निर्वाचन हुने बताएका छन ।
सोमबार साँझ कांग्रेसका बागमती प्रदेश समिति सभापति इन्द्र बानियाँको नेतृत्वमा बालुवाटार पुगेका नेताहरूसँगको छलफलमा देउवाले जेठ पहिलो सातामा स्थानीय तहको निर्वाचन हुने बताएका हुन ।
जेठ को पहिलो साता २०७४ सालमा निर्वाचित पदाधिकारीको कार्यकाल सकिने भएको हुँदा प्रधानमन्त्री देउवाले आजै निर्वाचनको मिति तोक्न निर्वाचन आयोगसँग परामर्श गर्ने कार्यक्रम रहेको कांग्रेसका पूर्वकेन्द्रीय सदस्य किरण गिरीले बताए ।
उनले भन ‘आज उहाँ(देउवा)ले आयोगसँग परामर्श गर्दै हुनुहुन्छ‚’ त्यसपछि निर्वाचनको मिति तय होला ।






