चैत्र-२६, बाँके ।

गृह–मन्त्रालयले ८ जिल्लाका प्रमुख जिल्ला अधिकारी परिवर्तन गरेको छ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले आठ जिल्लाका प्रजिअसहित २६ जना सह–सचिव र उप–सचिवको सरुवा गरेका हुन् ।

सह–सचिव शिवराम गेलाललाई बाँकेको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ । बाँकेमा सह-सचिब स्तरको सि.डि.यो. रहने प्रावधन रहेता पनि राजनीति शक्तिको आडमा बाकेमा उप-सचिब स्तरका कर्मचारी लाई प्रजिअ को जिम्मा दिइएको थियो ।

उक्त सह-सचिबको ठाउमा कार्यरत उपसचिब स्तरका बाँकेका प्रजिअ रामबहादुर कुरुङवाङलाई ईलाका प्रशासन कार्यालय टिकापुर सरुवा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख