चैत २४, २०७७, बाँके
✍️बिजय काफ्ले

बाँके अपडेट : ए.जी. सर्भिस प्रा.लि.को आयोजनामा नेपालगन्जमा संचालित तेस्रो नेपालगन्ज महोत्सव २०७७ को समापन समारोह आज हुदै छ।

“समृद्ध नेपालको प्रमुख आधार व्यापार कृषि पर्यटन सांस्कृतिक तथा रोजगारको पुर्वाधार” भन्ने मुल नारा सहित गत चैत १२ गते देखि संचालित गरिएको महोत्सवको १३ दिन पुरा भएको छ ।

कोरोनाको माहामारी बीच कुनै पनि मेला महोत्सव संचालन नगर्न  गृहमन्त्रालयबाट आदेश आउदा समेत बाँकेका सिडियोको मनोमानिका कारण महोत्सव संचालन गरियो। हामीले पटक पटक खबरदार गर्दा पनि नेपालगन्ज महोत्सव सञ्चालनमा आएको हो। यस विषयमा बाँके अपडेट टिमले गम्भिरता पुर्बक जवाफ लिएका थियौँ । बाँकेका सि.डि.ओ. राम बहादुर कुरुबाङ्ग ज्यू संग यस बिषयमा जानकारी गराउदा उनि भन्छन “मैले बन्द गर्ने आदेश दिईसकेको छु”

तर, खुलेआम महोत्सव संचालन हुदा समेत सिडिओले मेला महोत्सव संचालन गर्न रोक लगायको भन्दै विभिन्न संचार माध्यमलाई झुटा बोलिरहेका छन्। मिडियाको आखामा छारो हाल्न बाँकेका सिडियो खप्पिस मानिन्छन।

उनीले बाँके अपडेट संगको फोन सम्पर्कमा चैत १८ गते नै महोत्सव बन्द गर्ने जानकारी गरायका थिय। पुन: २० गते प्रत्यक्ष सम्बादमा समेत महोत्सव बन्द गर्न आदेश दियको भन्दै बाँके अपडेट मिडिया संग झुटा बोल्छन।

तर बाँकेको नेपालगन्जमा संचालित उक्त महोत्सव १२ गते देखि २२ गते सम्म भानियता पनि महोत्सव संचालक, सिडियो र सुरक्षा निकायका व्यक्तिहरु बिचको राम्रो हिमचिम कै कारण पुन : दुई दिन महोत्सवको समय थपि २४ गते सम्म महोत्सव संचालन गरियो।

कोरोना माहामारि भारतमा तिब्र रुपमा फैलिरहेको अबस्थामा भारत संग सिमा जोडियको बाँके जिल्लामा खुलेआम महोत्सव संचालन गर्नु, सिधै जनताको स्वास्थ्य माथिको खेलबाड हो।

महोत्सव संचालन र फितलो सिमा सुरक्षा व्यवस्थाका कारण बाँकेमा कोरोना संक्रिमितको दर दिन प्रतिदिन बढ्दो क्रममा देखिन्छ।

यसरि जनताको स्वास्थ्य माथि खेलबाड गर्दै संचालन गरियको महोत्सव नियम बिपरित र गैरकानुनी हो। जनताको स्वास्थ्य र सुरक्षाको जिम्मा पायको निकायबाट नै यसरि मनोमानि गर्नु लाचार पन हो। सम्बन्धित निकाय चनाखो भई रोक लगाउनु पर्ने स्थितिमा प्रशाशनकै सेटिंग र मिलेमतोमा महोत्सव संचालन हुदा जनस्तर बाट आक्रोसित हुदै थुप्प्रै गुनासो आयका छन्।

नोट : महोत्सव संचालन पश्च्यात बाँकेमा कोरोना संक्रमणको दर बढ्दो क्रममा छ ।

प्रतिक्रिया

सम्बन्धित ख