२९ पुस,

बाँके । बाँकेमा बिहीवार थप ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्लाका तीनवटा प्रयोगशालामा ९३ जनाको पीसीआर परीक्षण गर्दा ३८ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिए ।

उनका अनुसार, बिहीवार संक्रमण पुष्टि भएकामध्ये बाँकेका २३ जना छन भने आज ३ जना डिस्चार्ज पनि भएका छन । योसँगै बाँकेमा कूल संक्रमितको संख्या १८ हजार ५ सय ९७ पुगेको छ ।

यस्तै जमुनाहा नाका भएर आउनेहरुको एन्टिजेन परीक्षणमा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाँकेका प्रयोगशालामा गरिएका नमुना परिक्षण र जमुनाहा सिमा नाकाम गरिएको एन्टिजेन परीक्षण गरि जम्म ६५ जनामा संक्रमण पुष्टि भएको हो ।

बाँकेमा कोरोना संक्रमण दर बढेसंगै रोकथाम र नियन्त्रणका लागि बाँके प्रशासनले २५ जना भन्दा बढि भेला हुन नपाउने र स्वस्थ्य मापदण्ड पालना गर्न आदेश जारी गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित ख