
चैत-१४ बाँके
✍️बिजय काफ्ले
अहिले देश तथा बिदेशमा कोरोना कहर पुन: बड्दो क्रममा छ । त्यसै गरि भारत सङ सिमा जोडिएको र भारतमा कोरोना संक्रमण दर बढ्दो कारण समेत बाँके जिल्ला कोरोनाको उच्च जोखिममा छ ।
कोरोना बढे सङ्गै नेपाल सरकार गृहमन्त्रालयले भिडभाड नगर्न , मेला महोत्सव नलगाउन , होलि लगायतका पर्बमा उच्च सतर्कता अपनाउन निर्देशन गरेको थियो ।
तर गृहमन्त्रालयले गरेको निर्देशन गरेको केही दिनमा बाँकेको नेपालगन्जमा महोत्सव सुचारु हुन्छ । जिल्ला प्रशासन कार्यालय बाँके र जिल्ला प्रहरी कार्यालय मौन जस्तै छन । विशेष स्रोतका अनुसार केन्द्र कै पावर भएको एजी सर्भिस प्रालि नामक एक कम्पनीले महोत्सव संचालन गरेको हुदा प्रशासन र प्रहरी मुखदर्शक जस्तै भएको बुझिन्छ ।
उक्त एजी सर्भिस प्रालि. कम्पनीले सरकारी निर्देशनको उल्लघन गर्दै जिल्ला प्रशासन कार्यालय बाँकेलाई हिलो छ्यापेको छ भने स्वास्थ्य मापदण्डको ख्याल नगरी तेस्रो नेपालगन्ज महोत्सव २०७७ चलाएको देखिन्छ ।
‘समृद्ध नेपालको प्रमुख आधार व्यापार कृषि पर्यटन सांस्कृतिक तथा रोजगारको पुर्वाधार’ भन्ने मुल नारा सहित चैत १२ गते देखि चैत २२ गते सम्म सन्चालन हुने भनिएको महोत्सव संचालन भएको आज ३ दिन भइसकेको छ ।तर प्रहरी,प्रशासन भने तै चुप मै चुम छन ।
गृहमन्त्रालयको निर्देशन बिपरित सन्चालित उक्त महोत्सव रोक्न असफल भएका छन ।आफुलाइ जनताको सिडियो भन्न रुचाउने र सधै मिडिया छाउन चाहने सिडियो रामबहादुर लिम्बू कुरुवाङ रमिते जस्तै भएका छन ।
होलि लगाएतका कार्यक्रम, सिमामा निगरानि तथा कडाइ, उच्च सतर्कता अपनाउने आदि भन्दै एक बिज्ञपति जारी गरेको देखिन्छ तर त्यसको कार्यान्वयन भने हुन सकेको छैन ।
यसरी खुलेआम कानुनको धज्जी उढाउदै फनपार्क संचालन देखि महोत्सव संचालक भएको पाइन्छ । सिडियो कुरुवाङ भने यस बिषयमा कुनै आधिकारिक प्रतिक्रिया दिएका छैनन । यसरी कानुनको धज्जी उढाउनु, गृहमन्त्रालयकै आदेशको पालना तथा कार्यान्वयन गर्न नसक्नु सिडियोको कमजोरी र असफलता हो ।
सिडियो सङ गतिलै सेटिङ र उच्च राजनीतिक तहको दबाब रहेकाले जिल्लाका सम्पुर्ण जनताको स्वास्थ्य माथी खेलबाड गर्दै सिडियो मुखदर्शक भएका छन भन्दै आम सर्बसाधारणले समाजिक संजालमा बिरोध समेत गरेका छन ।
यस बिषयमा बाँकेका सिडियो सङ बारम्बार फोन सम्पर्क गर्दा फोन भने उठेन ।